११ पुष, दाङ : दाङको कणार्ली भनेर चिनिने बबई गाउँपालिकाको गंगटेमा पहिलो पटक बिजुली पुगेको छ । बबई गाउँपालिका सदरमुकाम हपुरेदेखि करिब २४ किलोमिटर टाढा पर्ने गंगटेमा नेपाल विद्युत प्राधिकरण तुलसीपुरको योजना अन्तरगत विद्युत पुर्याइएको हो ।
शनिबार विद्युतको शुभारम्भ गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बबई गाउँपालिका-१को वडा कार्यालयमा रहेको स्विच थिचेर विद्युत प्रशारणको शुभारम्भ गरेका हुन् । गाउँमा पहिलोपटक विद्युत पुगेपछि गंगटेका करिब १०० घरधुरी लाभाम्वित भएका छन ।
समन्वय समितिका प्रमुख नेपालीले गाउँको विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । अहिलेसम्म राजनैतिक परिवर्तनका लागि एक भयौँ, अब विकासका लागि एक हुन आवश्यक छ । उनले भने विकासका लागि सबै जना एक हौँ ।
बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा पनि विद्युत विस्तार गरिएका अध्यक्ष भुवनेश्वर पौडलले बताए । ‘उज्यालो बबई अभियान छ, गाउँपालिकाका विकट वस्तीमा विद्युत पुर्याइने योजना अनुरुप नै गंगटेमा पहिलोपटक विद्युत विस्तार गरिएको छ । उनले भने ‘यो अभियान ग्रामिण बस्तीमा विस्तार गर्दै लगिने छ । निर्वाचनको समयमा विद्युत विस्तार गर्ने प्रतिवद्धता पूरा गर्न पाएको उनले खुशी व्यक्त गरे ।








