काठमाडौं : बाँकेको नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनुसार गार्मेन्टमा शुक्रबार राती करिव १ बजेतिर आगलागी भएको हो। महिला उद्यमी कास्मिरा खातुनले संचालन गरेको उक्त उद्योगमा आगलागीबाट चार करोड बढीको क्षति भएको खातुनले बताइन्।
करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामग्री जलेर नस्ट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।








