गृहपृष्ठ Featured कपिवस्तु महोत्सवमा डान्स आइडल पनि हुने, संयोजकमा बिरेन्द्र खाण

कपिवस्तु महोत्सवमा डान्स आइडल पनि हुने, संयोजकमा बिरेन्द्र खाण

वैखरी अनलाइन
१२ औँ कपिलवस्तु महोत्सवको अवसरमा १० औँ कपिलवस्तु डान्स पनि हुने भएको छ । जिल्लामा नृत्यमा रुची राख्नेहरुका बिच प्रतिस्पर्धा गराउने उदेश्यले १० औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागीएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठकले डान्स आइडलको संयोजकको जिम्मा सघंका उपाध्यक्ष बिरेन्द्र खाणलेलाई दिने गरेको छ ।

डान्स आइडलमा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगर पुरस्कारसहित एउटा म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिने छ भने द्धित्तिय हुनेले ८८ हजार ८ सय ८८ रुपैया, तृतिय हुनले ६६ हजार ६ सय ६६ र सान्तवना स्थान पाउने २ जनाले २५ हजार पाउने संयोजक खाणले वैखरी अनलाइनलाई बताए । आइडलको अडिशन माघ २ गतेबाट हुनेछ । इच्छुकले ९८५७०६०० मा सम्र्पक गर्न हुन खाणले आग्रह गरेका छन ।

सम्बन्धित् समाचार