सागर वि.क.(वैखरी अनलाईन) : १२ औं कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा आयोजकले तयारीको कामलाई धमाधम अघि बढाएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको १२ औं कपिलवस्तु महोत्सवको तयारी धमाधम भईरहेको हो । यही माघ १२ गतेदेखि २३ गतेसम्म हुने महोत्सवको करिब ४० प्रतिशत काम सम्पन्न भईसकेको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरका अनुसार महोत्सव स्थल वरिपरी कम्पाउण्ड लगाउने काम सम्पन्न भईसकेको छ भने स्टलहरु बनाउने काम धमाधम चलिरहेको छ ।

महोत्सव स्थललाई थप आकर्षक बनाउनका लागी सुन्दरीकरणको काम भईरहेको उनले बताए । उनले महोत्सव स्थलमा राखिने बुद्धको मूर्ति, शिवको मूर्ति तथा गुम्बा बनाउने काम धमाधम चलिरहेको छ ।











