गृहपृष्ठ Featured कपिलवस्तुमा चिउरा मिलको पट्टामा परेर एक बालकको ज्यान गयो

कपिलवस्तुमा चिउरा मिलको पट्टामा परेर एक बालकको ज्यान गयो

कपिलवस्तु,२४ पुष ।
कपिलवस्तुको शुद्धोधन गाउँ पालिका वडा नं २ भुसुडीमा सञ्चालित मिलमा पट्टामा चिप्लेर ७ बर्षिया बालकको  ज्यान गएको छ ।

भुसुडीमा बस्ने तबारक मुसलमान चिन्कुको पाहुना आएका रुपन्देहीको गैडहवा गाउँ पालिका वडा नं १ भुजौली का सद्दाम हुसेन मुसलमानको छोरो सुफियान अहमद मुसलमानको ज्यान गएको प्रहरीले बताएको छ । भुसुडिमा रहेको सुग्रिम भुजको चिउरा मिलको पट्टामा परेर ज्यान गएको बताईएको छ । बालकको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तौलीहवा पठाइएको छ ।

सम्बन्धित् समाचार