गृहपृष्ठ Featured प्रधानमन्त्री कप टी-२० क्रिकेट : कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

प्रधानमन्त्री कप टी-२० क्रिकेट : कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

२९ पुष, काठमाडौं । प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९।१ ओभरमा १०६ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दीपक बोहोराले २५ तथा खडक बोहोराले २२ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ कर्णालीका प्रकाश जैशीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र शाही र दिवस पुनले समान २ विकेट तथा दिनेश अधिकारीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले सुरुवात राम्रो गरेता पनि मध्य क्रम र तल्लो क्रमका ब्याट्सम्यानहरु टिक्न सकेनन्। ओपनर रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाउँदा अर्जुन घर्तीले ३० र अनुप कुवँरले १३ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

कर्णालीलाई लक्ष्यसम्म पुग्न नदिन सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा हेमन्त धामीले २ तथा विकाश योगी, आदित्य महता र गजेन्द्र बोहोराले समान १र१ विकेट लिए।

आजै कीर्तिपुरमा हुने दोस्रो खेलमा प्रदेश दुई र लुम्बिनी प्रदेश भिड्नेछन्।

सम्बन्धित् समाचार