वैखरी अनलाईन : बाणगंगामा कमल थापा स्मृति फुटवल प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु ओएसिस क्लवको आयोजनामा वडा नं.८ मा प्रतियोगिता सुरु भएको हो । स्वर्गिय थापाको लमजुङमा भएको सवारी दुर्घटनामा परि ज्यान गएको थियो। थापा सो क्लवका संस्थापक सचिव समेत रहेका थिए। युवाहरु माझ छुट्टै पहिचान बनाएका थापा पेसाले शिक्षक थिए।
प्रतियोगिताको उद्घाटन कार्यक्रम मा प्रमुख अतिथि वडा नं.८ का वडाध्यक्ष गुणानिधि भूसालले गर्नुभएको थियो भने विशिष्ठ अतिथिको रूपमा स्वर्गीय थापाका पिता नर बहादुर दर्लामी र अतिथिमा विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै वडाध्यक्ष भूसालले कमल थापाको नाममा संचय कोषको निर्माण गरिने र आफू पनि युवा अवस्थामा खेलाडी रहेको र खेल प्रति रुचि रहेको बताउनु भयो।
आयोजकको तर्फ बाट बोल्दै युवा अभियन्ता विशाल अधिकारीले कमल थापाले गरेका सामाजिक काम लाई निरन्तरता दिने र युवाहरुको साथमा सधै उभिने बताउनु भयो।
शनिबार भएको बनगाई र जिनुवाबीचको खेलमा बनगाई ३–१ गोल अन्तरले विजय भएको छ । यस्तै आज भएको पहिलो खेलमा आयोजक ए टिमले अल स्टार क्लवलाई २-० गोल अन्तरले पराजित गरेको छ भने आजै भएको दोस्रो खेलमा पडेरियाले मोतिपुर डाडाँलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
नेपाल सरकारले पालना गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालना गरि प्रतियोगिता भईरहेको क्लवका अध्यक्ष प्रमोद गिरीले जानकारी गराउनु भयो।
प्रतियोगितको विजेता टिमले रु.१५ हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले रु.७ हजार ५ सय, मेडल र प्रमाण प्राप्त गर्ने छ । प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहेको छ ।
उद्दघाटन समारोह दिवस राज पौडेल को सञ्चालन मा सम्पन्न भएको थियो।








