गृहपृष्ठ Featured रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट : जिल्लाको गरुडा नगरपालिका- ४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

राती करिब १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उनले बताए।

उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

सम्बन्धित् समाचार