काठमाडौँ : स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।








