काठमाडौं : कोरोना भाइरसको लक्षण देखिएकाहरुले अहिले घरघरमै परीक्षण गराइरहेका छन्। तर, ती परीक्षणको तथ्यांक सरकारसँग छैन। हाल ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या बढ्दै गएको छ। दैनिक हजारौंमा संक्रमण देखिँदा त्यो संख्यामा घरघरमा भएका एन्टिजेन परीक्षण समावेश छैनन्। त्यसैले दैनिक फेला परेका संक्रमित भन्दा बढी संक्रमित रहेको अनुमान गरिएको छ।
त्यसैले, सरकारले प्रयोगशाला बाहिर एन्टीजेनबाट गरिएका कोरोना परीक्षणको नतिजा विवरण पठाउन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयले एक सुचना निकाल्दै परीक्षणको नतिजा विवरण पठाउने ढाँचा सहित जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो।
यस अघि घरमा गरिएका परीक्षणको विवरण बारे अन्यौलता थियो।








