गृहपृष्ठ Featured एक हप्ताभित्र दाङबाट लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम शुरु हुने मन्त्री थारुको दाबी

एक हप्ताभित्र दाङबाट लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम शुरु हुने मन्त्री थारुको दाबी

दाङ : लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले अबको एक हप्ताभित्र दाङबाट सबै मन्त्रालयका काम शुरु हुने दाबी गर्नुभएको छ । दाङको घोराहीमा एक कार्यक्रममा सहभागी भएका मन्त्री थारुले पत्रकारसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गर्नुभएको हो । दाङको देउखुरीमा स्थायी राजधानी तोकिएपनि अहिले अस्थायी राजधानी रुपन्देहीको बुटलवबाट मन्त्रालयले काम गर्दै आएका छन् । दाङमा भौतिक संरचना अभाव हुँदा प्रदेशसभा बैठक तथा मन्त्रालयको कामकाज बुटवलबाट हुँदै आएको हो । तर अब मन्त्रालय बस्ने संरचना तयार भएको भन्दै मन्त्री थारुले हप्तादिनमै मन्त्रालयले काम शुरु गर्ने दाबी गर्नुभयो ।

राप्ती प्राविधि विद्यालय सर्ने र सोही ठाउँबाट काम सुचारु गरिने उहाँको भनाई छ । यसैबीच मन्त्री थारुले प्रदेश सरकार नफेरिने पनि दाबी गरे । उनले गठबन्धन प्रेदशमा मात्र नभएर देशैभर गठबन्धन रहेको भन्दै केन्द्रमा फेरिए प्रदेशमा त्यस्तो अवस्था आउन सक्ने तर अहिलेकै अवस्थामा सरकार फेरबदल नहुने दाबी गरे । लुम्बिनी प्रदेश सरकार गठन गर्ने समयमा आलोपालोको कुरा चलेको भएपनि अहिले फेरिहाल्ने अवस्था नरहेको बताउनुभयो ।

अहिले लु्म्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । तत्वकालिन एमालेका मुख्यमन्त्री शंकरपोखरेललाई अल्पमतमा पार्दै लुम्बिनीमा ५ दलीय गठबन्धनको सरकार बनेको थियो । सोही समयमा ६ महिना माओवादी नेतृत्वमा र ६ महिना काँग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको कुरा बाहिर आएको थियो ।

सम्बन्धित् समाचार