गृहपृष्ठ Featured वाग्मती प्रदेशमा दुई संसदीय समिति सभापतिमा एमालेका सिलवाल र पोखरेल निर्विरोध

वाग्मती प्रदेशमा दुई संसदीय समिति सभापतिमा एमालेका सिलवाल र पोखरेल निर्विरोध

हेटौँडाः वाग्मती प्रदेश सभाको दुई संसदीय समिति सभापतिमा नेकपा ९एमाले० का तर्फबाट मात्र उम्मेद्वारी परेको छ। एमाले वाग्मती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल पनि हो।

अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति चयनका लागि सोमबार निर्वाचन हुँदैछ। आइतबार मनोनयनको समय तोकिएको थियो। तोकिएको अवधिमा एमालेबाट मात्र उम्मेद्वारी परेको हो।

दुबै समितिमा एकल मनोनयन भएसँगै निर्विरोध सभापति चयन हुनेछ। अर्थ समितिमा नारायणबहादुर सिलवाल र शिक्षा समितिमा केशवप्रसाद पोखरेलको मनोनयन दर्ता भएको छ।

वैशाखदेखि समिति नेतृत्वविहीन छन्। तत्कालीन सभापति सरेश नेपाल मन्त्री भएसँगै अर्थ समिति सभापतिविहीन थियो। यस्तै, घनश्याम दाहाल वर्तमान मन्त्रिपरिषदमा सहभागी भएपछि शिक्षा समिति पनि सभापतिविहीन थियो।

सम्बन्धित् समाचार