गृहपृष्ठ Featured तिलोत्तमास्थित तिनाउ नदीमा अर्को पुल निर्माण हुँदै

तिलोत्तमास्थित तिनाउ नदीमा अर्को पुल निर्माण हुँदै

रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ । केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ । तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । २ सय मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।

उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए । पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ ।

सम्बन्धित् समाचार