गृहपृष्ठ Featured बाँकेमा कोरोना विरुद्धको सयौं डोज खोप हराए

बाँकेमा कोरोना विरुद्धको सयौं डोज खोप हराए

नेपालगन्ज : बाँकेमा कोरोना भाइरसविरुद्धका सयौं डोज खोप हराएको पाइएको छ । पहिलो र दोस्रो मात्रा लगाउँदा अभिलेख नराखेका कारण हराएको देखिएको हो । पहुँचका भरमा खोप लगाइएका व्यक्तिको नाम रजिस्टरमा इन्ट्री नगरी खोप कार्डसमेत उपलब्ध गराइएको छैन ।

सरकारले जुनसुकै खोप स्वास्थ्य कार्यालयलाई पठाउने नीति छ । तर जिला कोभिड संकट व्यवस्थापन केन्द्रका पदाधिकारी र फोकल पर्सनले स्वास्थ्य केन्द्रमा नपठाई आफू अनुकूलका स्थानमा खोप लगाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

राजनीतिक दलका नेताहरूको घरमै पुगेर खोप लगाइएको थियो ।

सम्बन्धित् समाचार