काठमाडौँः इन्डियन प्रिमियर लिग ९आइपिएल० को सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछानेमात्र समावेश भएका छन्। मंगलबार सार्वजनिक अन्तिम सूचीमा नेपालबाट लामिछानेको मात्र नाम छ। अक्सनमा विदेशी खेलाडीमा सबैभन्दा बढी अष्ट्रेलियाका ४७ जना छन्। दोस्रोमा वेस्ट इन्डिजका ३४ जना छन्।
अक्सनमा नेपाली १५ खेलाडीले नाम दर्ता गरेका थिए। अन्य १४ जनालाई सूचीमा सामेल नगरिएको हो।
सन्दीपको मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। उनले यसअघि पनि दुई सिजन दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्। सन् २०२१ मा भने सन्दीप ‘अनसोल्ड’ थिए।
अक्सनमा नेपाल, अमेरिका र जिम्बाब्बेबाट एकरएक जना खेलाडी छन्। कूल ५९० खेलाडी अक्सनका लागि छनोटमा परेका छन्।
आइपिएलमा योपटक दश टोली सहभागी हुँदैछन्। योपटक अक्सनको अधिकतम मूल्य भारु दुई करोड तोकिएको छ।








