गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

रुपन्देही : लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन वोर्ड गठनको तयारी भइरहेको बताएका छन् । वोर्ड गठनको प्रक्रिया शुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने बताएका हुन् । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरु ड्राफ्ट गर्ने काम भइरहेको बताए ।

मन्त्री चौधरीले लुम्बिनीको पर्यटन प्रवद्धनमा सरोकारवाला निकायसंग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवद्धनका नयाँ कार्यक्रम ल्याइने उल्लेख गरे ।

लुम्बिनी प्रदेश अन्तरगत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको ववई, प्युुठानको राप्ती, बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा र्याफ्टिङ संचालनको लागि अध्ययन थालिएको पनि मन्त्री चौधरीले जानकारी दिए । त्यस्तै ठाउँ अनुसार सांस्स्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवद्धन गर्ने गरी अध्ययन थालिएको उनको भनाई छ ।

सम्बन्धित् समाचार