गृहपृष्ठ Featured स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै राँके जुलुस

स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै राँके जुलुस

गोरखा : स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघले राँके जुलुस निकालेका छन् ।

शुक्रबार साँझ गोरखा सदरमुकामको हरमटारी चोकमा सरकारविरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेका हुन् ।

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणामा आलटाल गरेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लगायत माग राख्दै प्रदर्शन गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य प्रताप ढकालले बताए ।

सम्बन्धित् समाचार