गृहपृष्ठ Featured कपिलवस्तुमा नेपाल बन्दको प्रभाव कस्तो छ ?

कपिलवस्तुमा नेपाल बन्दको प्रभाव कस्तो छ ?

कपिलवस्तु । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भएपछि सार्वजनिक यातायात चल्न सकेका छैनन् । केहि सवारी साधन फाटफुटमात्रामा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडेका छन् ।

यता जिल्लाका विभिन्न विद्यालयपनि बन्द गरिएको छ । यता आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रहसमेत गरेको छ ।

यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् । राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।

सम्बन्धित् समाचार