धनगढी : नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् ।बिहीबार भएको पुनस् मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् ।
बिहीबार बिहान भएको पुनस् मतदानमा २४६७ मत खसेको थियो । गत आइतबार भएको पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान भएको थियो ।
सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका शेखर कोइराला पक्षका रामप्रसाद कलेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बमलाई साथ दिने घोषणा गरेका थिए । तर कोइराला पक्षको साथ पाएर समेत बमले पहिलो चरणमा पाएको मत समेत कटाउन सकेनन् ।
बम र भट्ट संस्थापन पक्षकै उम्मेदवार भएपनि भट्ट नै आधिकारिक उम्मेदवार थिए । उनलाई देउवासहित कैलालीका प्राय सबै केन्द्रीय सदस्यहरूले साथ दिएका थिए ।








