वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ ले फरक क्षमता भएका अपाङ्गलाई बाख्रा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि वडाभित्र रहेका गरिब विपन्न ७ जना अपाङ्गलाई बाख्रा वितरण गरिएको हो ।
जीवियोपार्जनमा केही भए पनि सहज होस् भन्ने उद्देश्यले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिका वडा नं.१ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडाको अयोजनामा संचालन गरिएको ३ महिने तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।








