गृहपृष्ठ Featured बाणगंगा- ६ मा विभिन्न पार्टी परित्याग गरि ३ सय जना नेपाली कांग्रेसमा प्रवेश

बाणगंगा- ६ मा विभिन्न पार्टी परित्याग गरि ३ सय जना नेपाली कांग्रेसमा प्रवेश

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ६ मा विभिन्न पार्टी परित्याग गरि तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज विहिबार बाणगंगा ६ लक्ष्मणघाटमा आयोजित कांग्रेस वडा समितिको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश सदस्यलाई सम्मान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, कांग्रेस नेता दिपकुमार उपाध्याय, जिल्ला सभापति अब्दुल कलाम खाँ लगायतका कांग्रेस नेताहरुले नवप्रवेशीहरुलाई टिका र खादाँ लगाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बाणगंगा ६ मा अब कांग्रेस थप मजबुद भएको दाबी गरे । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरि तयारीमा लाग्न महामन्त्री आचार्यले नेता कार्यकर्तालाई निर्देशन समेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता दिपकुमार उपाध्यायले आपसी मदभेदलाई विर्सिएर पार्टीको हितमा काम गर्न आग्रह गरे । पुर्व राजदुत समेत रहेका उपाध्यायले गुटउपगुटको प्रवृतिलाई छाडेर कांग्रेसलाई सुदृढ तुल्याउन सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति अब्दुल कलाम खाँ, जिल्ला सचिव शक्तिसिंह ठकुरी, नगर सभापति विष्णुप्रसाद थापाले बाणगंगा ६ मा अब स्थानीय तहको चुनावमा पार्टीले ठूलो सफलता हात पार्ने दाबी गरे । वडा सभापति अनिल पाण्डेको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव कल्याण टण्डनले गर्नुभएको कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बरालले वैखरी अनलाईनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार