गृहपृष्ठ Featured गृह मन्त्री खाँणको निर्देशन- ‘उद्योगी व्यवसायीलाई दुःख दिने काम नगर्नु’

गृह मन्त्री खाँणको निर्देशन- ‘उद्योगी व्यवसायीलाई दुःख दिने काम नगर्नु’

वैखरी अनलाईन : गृह मन्त्री बालकृष्ण खाँणले सरकार उद्योगी व्यवसायीको साथमा रहेको बताउनुभएको छ । उद्योगी व्यवसायीसंग सहकार्य गर्दै सरकार अघि बढ्न प्रतिवद्ध रहेको गृहमन्त्री खाँणले बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई दुःख दिने काम नगर्न नेपाल सरकारका कर्मचारीले निर्देशन समेत दिनुभयो । ”उद्योगी व्यवसायीहरुलाई दुःख दिने काम नगर्नु, उहाँलाई सहयोग गर्दै अघि बढनु म सबै नेपाल सरकारका कर्मचारीलाई यहीबाट निर्देशन दिन्छु ।’ उहाँले भन्नुभयो ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा आजबाट सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृह मन्त्री खाणले यस्तो बताउनुभएको हो । उद्योगी र व्यवसायीको लागी एमसीसी ल्याएको उहाँको दाबी छ ।

सम्बन्धित् समाचार