गृहपृष्ठ Featured एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

काठमाडौं : एएफसी फुटसल एसियन कप क्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय फुटसल टोली आज किर्गिस्तानमा प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले एक कार्यक्रमबिच टोलीलाई बिदाइ गरेको छ।

त्यसक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल चर्चित भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको फुटसल हल बनाउने योजना रहेको समेत बताए।

‘राखेपसँग जग्गा प्राप्तीका लागि कुरा गरिरहेका छौं’ उनले भने।

नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ मा अफगानिस्तानसँग खेल्दैछ। सबै खेल किर्गिस्तानको बिसेकस्थित गजप्रोम स्पोर्टस कम्पलेक्समा हुनेछ।

सम्बन्धित् समाचार