गृहपृष्ठ Featured एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै

एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् । उनी दिउँसो आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् ।

आयोगले कानुनविपरीत आचार संहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचार संहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।

सम्बन्धित् समाचार