गृहपृष्ठ Featured मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ : उत्तर प्रदेश–११ लाई १४ रनले हराउँदै मलेसिया–११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो ।

भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो । ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।

बलिङमा उत्तर प्रदेश–११ का राज यादवले तीनै विकेट लिए । जबाफमा उत्तर प्रदेश–११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो ।

उसका शुभंम चौधरीले सर्वाधिक ११ तथा राज यादवले ६ रन बनाए । बलिङमा मलेसिया–११ का विरन्दीप सिंहले दुई विकेट लिए ।

सम्बन्धित् समाचार