गृहपृष्ठ Featured तिलोत्तमामा अमृताको हत्या भएको दाबी गर्दै प्रदर्शन

तिलोत्तमामा अमृताको हत्या भएको दाबी गर्दै प्रदर्शन

बुटवल : रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् । जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ ।

प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएको भन्दै अमृताले गत भदौमा वडा कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

सम्बन्धित् समाचार