गृहपृष्ठ Featured नेपाल प्रो क्लब च्याम्पियनसिप : आर्मीलाई हराउँदै उत्तर प्रदेश ११ तेस्रो

नेपाल प्रो क्लब च्याम्पियनसिप : आर्मीलाई हराउँदै उत्तर प्रदेश ११ तेस्रो

काठमाडौं : नेपाल प्रो क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश ११ तेस्रो भएको छ। शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३० रनले हरायो।

पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले ८ विकेटको क्षतिमा १३९ रन जोड्यो। उसका लागि सन्दीप मित्तलले ४३ रन र सनी सिंहले २६ रन जोडे।बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने सहाब अलाम र सुशन भारीले २-२ विकेट लिए।

१४० रनको लक्ष्य पछ्याएको आर्मी १८ ओभरमा १०९ रनमा अलआउट भयो। आर्मीका लागि ओपनर कुशल मल्लले सबैभन्दा बढी ३५ रन जोडे।

बलिङमा उत्तर प्रदेशका विपिन चन्द्र र तेजास सिंहले ३-३ विकेट लिन सफल भए। रूपन्देहीमा भइरहेको प्रतियोगिताको उपाधिका लागि भोलि रूपन्देही ११ र मलेसिया-११ बीच प्रतिस्पर्धा हुँदैछ।

सम्बन्धित् समाचार