भगवती न्यौपाने (कपिलवस्तु) : बाणगंगा नगरपालिकाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा बणगंगा नगरपालिकाको आयोजनमा उक्त कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा सेवा निबित्त २९ जना शिक्षक, एम. फिल गरेका ५ जना, विधावारिधि पि.एच.डी गरेका २ जना, विज्ञान विद्यार्थी प्रतिभा पहिचान गरेका १ जना विद्यार्थी, नगर हुर्दै प्रदेश सम्म उत्कृष्ट हुने विद्यार्थी, नगरमा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान ल्याएका विद्यार्थी लगायत साहित्य क्षेत्रमा राम्रो पहिचान बनाउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
कार्यक्रमका अध्यक्ष नगर प्रमुख मंगल प्रसाद थारुले कार्यक्रममा बोल्दै सम्मान हुने सम्पूर्ण शिक्षकहरुलाई बधाई दिदै आगामि दिनमा नगरलाई साथ सहयोग हुने बताउनु भयो । उहाँले नगर देखि प्रदेशसम्म उत्कृष्ट हुने विद्यार्थीले आफनो, विद्यालय परिवार र नगरको नाम उच्च बनाउन सफल भएकोमा बधाई दिदै आगामि दिनको सफलताको शुभकामना दिनुभयो । उपसचिव बाबुराम भट्टराईले स्वागत मन्तव्य राख्दै शिक्षा क्षेत्रमा नगरले धेरै राम्रो स्थान बनाउन सफल भएको दाबी गर्नुभयो ।
अधिकृत खिमबहादुर जिसिले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख सूर्य प्रसाद भुसालसहित नगरभित्रका शिक्षकहरुको उपस्थिति रहेको थियो ।








