काठमाडौँ : देशका केही ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको छ। भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ। आज राति प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।
प्रि(मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै(कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ। काठमाडौं उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ।








