गृहपृष्ठ Featured कांग्रेसले बाणगंगाका ८ वडामा उम्मेद्वार टुंग्यायो

कांग्रेसले बाणगंगाका ८ वडामा उम्मेद्वार टुंग्यायो

वैखरी अनलाईन : नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ८ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ८ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ ।

जसमा वडा नं १ बाट सञ्जुकुमार सारु, वडा नं. २ मा रत्न बहादुर कार्की, वडा नं.मा ३ सन्तराम थारु, वडा नं ५ मा दुनिका भुसाल, वडा नं ७ मा कुमार खड्का, वडा नं ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं १० मा राम नक्षत्र चौधरी र वडा नं ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बरालले जानकारी दिनुभयो ।

सचिव बरालका अनुसार बाणगंगाको नगर प्रमुख र उप–प्रमुखसहित अन्य टुङ्गो लगाउन बाँकी ३ वटा वडामा आज रातिसम्म निर्णय हुने जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार