गृहपृष्ठ खबर बाणगंगा- ७ का मतदाता भन्छन्- ‘यसपालि कांग्रेसको जित सुनिश्चित छ’

बाणगंगा- ७ का मतदाता भन्छन्- ‘यसपालि कांग्रेसको जित सुनिश्चित छ’

राधा पाण्डे (कपिलवस्तु) : कपिलवस्तुको वाणगङगा नगरपालिका वडा नम्बर ७ मा मतदाताहरुले यसपालि काङ्ग्रेसलाई भोट दिई जिताउने बताएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई केन्द्रित गर्दै आइतबार भएको मोतिपुर, गन्सवा, भैपुरा लगायतको स्थानमा गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले यस्तो बताएका हुन् ।
अघिल्लो सरकारले कुरा र प्रचारबाजी बढी गरेको तर काम फिटैक्कै नगरेको साथै एकल महिला, कृषकका समस्या, सेवा लगायतका कार्य गर्छु भन्दै कमिसन माग्ने गरेको एक महिला मतदाताले गुनासो गर्नुभयो । उहाँले वडामा सेवा लिन जादा समेत पक्षपातपूर्ण व्यवहार गरेकोले यसपाली काङ्ग्रेसलाई नै भोट दिई जिताउन सबैलाइ आग्रह समेत गर्नुभयो । नेपाली काङ्ग्रेसका अध्यक्षका उमेद्वार कुमार खड्काले आफुले चुनाव जितेमा पहिलो प्रार्थमिकतामा कृषकका समस्या समाधान र छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । वडा अध्यक्ष जितेमा सरकारी तलब भत्ता वडा भित्रका अति बिपन्न वर्गका बालबालिकाहरुको शिक्षामा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनुभएका उहाँले मोतिपुर पार्टी कार्यलयको उद्घाटन कार्यक्रममा जनताको साथ सपोटले पार्टीको जित अवस्य हुने दाबी गर्नुभयो ।
यस्तै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति दुर्गा केसिले अरु पार्टीको व्यबहारबाट जनता आजित भएकोले नेपाली काङ्ग्रेसको यस पटकको जित सुनिश्चित भएको बताउनुभयो । यस्तै प्रदेश सदस्य रुकबहादुर भुसालले नगरले साच्चिकै नेपाली काङ्ग्रेस मागेकोले यस पटकको जित काङ्ग्रेसकै हुने दाबी गर्नुभयो ।
उहाँले वडामा युवा नेता खड्काको जित अवश्य हुने ठोकुवा समेत गर्नुभयो । यस्तैगरी वडा सभापति शेषकान्त बेल्बासेले वडामा तातेको पार्टी र घरदैलो कार्यक्रममा देखिएको जनलहरले पक्कै पनि नेपाली काङ्ग्रेसको जित सुनिश्चित भएको दाबी गर्दै आफ्नै पार्टीको जित निश्चित भएकोले तानाशाहीको शासनबाट अब कोहि पनि पिडित हुनु नपर्ने बताउनुभयो । बाणगंगा ७ मा वडाध्यक्षका उम्मेदवार कुमार खड्का, महिला वडा सदस्य कृष्णा ज्ञवाली, दलित महिला वडा सदस्य सुशील नेपाली , खुला वडा सदस्यमा छेदा थारु र दल बहादुर गुरुङ्गले उम्मेद्बारी दिनुभएको छ ।

सम्बन्धित् समाचार