गृहपृष्ठ Featured खुरापाती र भ्रष्टचार गर्न मलाई आउदैन, काम गरेरै देखाउछु ः सारु

खुरापाती र भ्रष्टचार गर्न मलाई आउदैन, काम गरेरै देखाउछु ः सारु

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ का कांग्रेसका उम्मेदवार सञ्जु कुमार सारुले आफुलाई खुरापाती र भ्रष्टचार गर्न नआउने बताउदै काम गरेरै जनताको मन जित्ने बताएका छन ।

आशन्न बैशाख ३० गतेको चुनावमा आफुलाई वडाबासीले मतदान गरी बिजयी गराउने समेत उनले बिश्वास ब्यक्त गरेका छन ।

वैखरी मिडिया प्रालीसगं कुराकानी गर्दै सारुले आफु इमान्दार काममा बफादार भएकाले १ रुपैया घुस पनि नलिने र नदिने बताउदै आफुलाई जिताए ५ बर्षको अवधिका वडाको बिकासलाई नेपालमै नमुना बिकासका रुपमा अगाडी लैजाने बताए । वडा नः १ ले घरदैलो तथा प्रचारप्रसार कार्यलाई तिव्रता दिदैँ आएको छ ।

सारुले आफु बिजयी भए सरकारी तलव भत्ता समेत नलिने भनी घोषणा समेत गरी सकेका छन ।

सम्बन्धित् समाचार