बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ।
पहिलो सय मत गणना गर्दा एमालेका मोहन चापागाईले ४८ मत पाएका छन्। त्यस्तै गठबन्धनका रामकृष्ण खाणले ३८ मत र जनमुक्ति पार्टीका सुन्दर गुरुङले ११ मत प्राप्त गरेका छन्। तिलोत्तमामा वडा नम्बर १ बाट मतगणना सुरू भएको छ। गठबन्धनका खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्।
त्यसैगरी उप प्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरीले ४५ मत, माओवादी केन्द्रका हेमलाल पाण्डेले १४ मत र जनमुक्ति पार्टीकी गिता सारुलाई १४ मत प्राप्त भएको छ।








