बुटवल : बुटवलमा बदर मत हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका हुन् । मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् ।
गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका उम्मेदवार छैनन् तर अहिलेसम्म उक्त चिन्हमा ६७ मत आएका छन् ।
अहिले बुटवल उपमहानगरपालिका( १ को गणना भइरहेको छ । उक्त वडामा स्वतन्त्रबाट पुतलीबाट वडाध्यक्षमा उम्मेदवार छन् । त्यहाँ २३ वटा मत प्रमुख र उपप्रमुखमा पनि पुतलीमा मत राखेका छन् । २, २ वटा मतपत्रमा हलो, रुख दुवैमा मत राखिएको छ । बुटवल उपमहानगरपालिकामा अहिले वडा नम्बर १ र १९ बाट मतगणना थालिएको छ । पछि गन्दै गरेका मतमा समेत बदर हुनेक्रम रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।
यसपालि गठबन्धनका कारण प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा फरक(फरक चिन्ह छन् । यस्तोमा मतदाताले आफूलाई मन परेको पाटीको चुनाव चिन्हमा मत राख्दा मत बदर बढेको पौडेलले बताए ।








