गृहपृष्ठ Featured लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल भ्रमणमा आउँदै छन्। बुद्ध जयन्तीको अवसरमा उनी लुम्बिनी आउन लागेका हुन्।

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै उनले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन्।

नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको भन्दै उनले वक्तव्यमा भनेका छन्, ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।’

प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भारत भ्रमणमा आएको बेला भएको छलफल फलदायी भएको मोदीले उल्लेख गरेका छन्। उनले देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताएका छन्। मोदीले जलविद्युत्, विकास र सम्पर्क संजाल विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन्।

सम्बन्धित् समाचार