गृहपृष्ठ Featured बाणगंगा नदीमा नुहाउने क्रममा डुबेर १० बर्षीय बालकको मृत्यु

बाणगंगा नदीमा नुहाउने क्रममा डुबेर १० बर्षीय बालकको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका २ पडरिया निवासी सोहेल अहमदका छोरा १० वर्षीय अहमद रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बाणगंगा नदीमा साथीहरुसंग नुहाउने क्रममा ती बालकको डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महाराजगंज अनुसार मृत्यु भएका बालकको शव निकालेर पोस्टमार्टमकालागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

 

सम्बन्धित् समाचार