वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमी नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा भुतपुर्व जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आफ्नै भवनमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित प्रमुख, उप प्रमुख, वडाध्यक्ष, वडासदस्यलाई स्वागत तथा भुतपुर्व वडाध्यक्ष तथा वडासदस्यलाई धन्यवाद ज्ञापन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले सबै जनप्रतिनिधि मिलेर जनताको सेवामा लाग्नु पर्ने बताउँदै जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने बताउनुभयो । उहाँले जनताको सेवा गर्न कुनै पद नै चाहिन्छ भन्ने मान्यतालाई त्याग गर्न आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा नगर उपप्रमुख मिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज सुवेदी लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा नयाँ तथा पुराना वडाध्यक्ष, वडासदस्य, कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम लेखा अधिकृत रेनुराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।








