कपिलवस्तु : नेपाली कांग्रेस शिवराजले स्थानीय तह निर्वाचनमा पार्टिलाई असहयोग गर्नेहरुलाई कारवार्हीको सिफारीस गरेको छ । पार्टिका आधिकारीक उम्मेदावरहरुलाई घात गर्नेहरुलाई कारवार्हीको सिफारीस गरिएको नगर सभापति मधुसुदन पोखरेलले वताउनुभयो ।
कांग्रेसले पार्टिका पुर्व केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, महाधिवेशन प्रतिनिधिहरु गोमादेवी पाण्डे, कृष्ण प्रसाद पौडेल, वडा न १ का सभापति फानेश्वर न्यौपाने, उपसभापति भुपेन्द्र विष्ट, क्रियाशिल सदस्य नारायण गिरी, अमृत भुसाल, मुतmी पोखरेल, क्षेत्रीय प्रतिनिधिहरु ओम प्रकास जिंसी, नारायण भण्डारी, राम चरित्र मौर्य, लालमोहर प्रसाद चौधरी, सोभा कुर्मीलाई कारवार्हीको लागी सिफारीस गरिएको छ ।
यस्तै क्षेत्रीय ३ क सचिव प्रेमनारायण खनाल, वडा ४ का सभापति सर्जु वानियां, क्रियाशिल सदस्य घनश्याम पौडेल, गौरी रैदाश, वडा ८ सभापति उमेश पासी, क्षेत्र न ३ क सचिव मुलचन्द्र यादव, क्षेत्र न ख सचिव गोपाल मल्ल ठकुरी, प्रदेश प्रतिनिधि चन्द्रवहादुर कुवंर, वडा ११ सभापति राजकुमार चौधरी, क्षेत्र नं. ३ क उपसभापति दुखहरण यादव, क्षेत्रीय सदस्य ललई अहिर र नगर सदस्य प्रभुदयाल कुर्मीलाई जिल्ला कार्यसमीती समक्ष कारवाहिको लागी सिफारीस गरेको कांग्रेसले जनाएको छ ।








