गृहपृष्ठ Featured बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त

काठमाडौँ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनीविरुद्ध आफ्नै कन्जर्भेटिभ पार्टीका केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

यस क्रममा जोनसनका लागि विश्वासको मतको पक्षमा २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।

यससँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का देखिएको छ । सोमबारको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमान्त्री जोनसनले विश्वासको मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको प्रतिक्रिया दिएका छन् । उनले यस्तो नतिजालाई निर्णायक भनेका छन् । साथै उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको पनि उनले बताए ।

उक्त नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । आलोचकहरूले भने उनका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

सम्बन्धित् समाचार