गुल्मी । रेसुङ्गा नगरपालिका-११ दाडाखर्कमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन सोमबार राति करिब १० बजे स्थानीय तलबेशी भन्ने स्थानमा अरिङ्गाल पोल्ने क्रममा ३३ वर्षका रामबहादुर छराली मगर, २४ वर्षका सन्दीप थापा र ३५ वर्षका ज्ञानबहादुर रानालाई अरिङ्गालले टोकेको हो ।
घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ । उनीहरूको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे मध्यराति जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरी सहायक निरीक्षक टोकबहादुर बस्नेतको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।







