गृहपृष्ठ Featured युएई यू-१९ महिला टी-२० विश्वकपमा छनोट

युएई यू-१९ महिला टी-२० विश्वकपमा छनोट

काठमाडौं : अर्को वर्ष दक्षिण अफ्रिकामा हुने पहिलो आईसीसी महिला टी(२० विश्वकपका लागि एसिया क्षेत्रबाट युएई छनोट भएको छ । मलेसियामा भएको एसिया छनोट अन्तर्गत बिहीबार अन्तिम खेलमा थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै युएई विजेताको रुपमा विश्वकपमा छानिएको हो ।

६ राष्ट्र सहभागी छनोटमा युएई ५ वटै खेल जित्दै शीर्ष स्थानमा रह्यो । थाइल्याण्ड भने दोस्रो स्थानमा रहँदै विश्वकप पुग्न सकेन ।

क्वालालम्पुरस्थित किन्रारा ओभलमा भएको खेलमा थाइल्याण्डले दिएको ८५ रनको लक्ष्य युएईले १७।१ ओभर खेल्दै पूरा गरेको हो । युएईका लागि तीर्थ सतिशले अविजित रहँदै सर्वाधिक ३८ रन बनाइन् । भैसनभे महेशले २१ रन जोडिन् । थाइल्याण्डकी तिपाट्चा पुथावङले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेका थाइल्याण्डले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो । थाइल्याण्डका लागि प्लानिता मायाले सर्वाधिक ४० रन बनाइन् भने नानापथ चइहानले १४ रन जोडिन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि माहिका गौर र भैसनभे महेशले २-२ विकेट लिए ।

सम्बन्धित् समाचार