गृहपृष्ठ Featured रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको युक्रेनको दाबी

रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको युक्रेनको दाबी

युक्रेनी अधिकारीहरुले रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको बताएका छन्। ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित २१ जनाको मृत्यु भएको युक्रेनको ‘डिएसएनएस’ आपतकालीन सेवाले जनाएको हो।

सेरहिभकास्थित एक गाउँमा १६ जनाको र एक होलिडे रिसोर्टमा पाँचजनाको मृत्यु भएको हो। रसियाले केहीदिनदेखि युक्रेनी शहरमा मिसाइल आक्रमण गरिरहेको अधिकारीहरुले बताएका छन्।

रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध १२८ दिनमा प्रवेश गरिसकेको छ। अझै युक्रेनी शहरहरुमा दुई देशका सेनाबिच युद्ध जारी छ।

सम्बन्धित् समाचार