वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले शिक्षा क्षेत्रको बिकासलाई आफुले प्रामिककतामा राखेको बताएका छन । नगरको उज्जवल भविष्य भनेको अहिलेका बालबालिका भएका कारण शिक्षा क्षेत्रको बिकासलाई प्राथमिकता दिएको उनले बताए । वैखरी मिडियासगं कुराकानी गर्दै कलामले भारतको सहयोगमा २ वटा बिद्यालयको भौतिक पुर्वाधारमा समेत सहयोग मिलेको आभार समेत ब्यक्त गरेका छन ।
यसैबिच
छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशजले बिहीबार उद्घाटन गर्नुभयो ।
शिवभरीमा सात सय र जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् भने यी दुवै विद्यालय कपिलवस्तु जिल्लाको सबैभन्दा पुराना विद्यालय हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपियाँ लागतमा यो परियोजना अघि बढेको थियो ।








