वैखरी अनलाइन
आज सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएका हुन । एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । यो नतिजासगै उनको र बिद्यालयको चर्चा चलेको छ ।
कपिलवस्तु जिल्लााकै पहिलो क बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ । जसमा ए प्लस गे्रडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि गे्रडमा १ जना र सि प्लस गे्रडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए ।








