गृहपृष्ठ Featured घोराहीमा १० र राप्ती प्रादेशिकमा थपिए ८ वटा डाइलासिस मेसिन

घोराहीमा १० र राप्ती प्रादेशिकमा थपिए ८ वटा डाइलासिस मेसिन

तुलसीपुर : मिर्गौलाका विरामी बढेका कारण डाइलासिसको गर्न समस्या भइरहेको अवस्थामा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप १८ वटा मेसिन आएका छन्।

शुक्रबार प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार प्रतिष्ठानमा १० वटा डाइलासिस मेसिन पठाएको हो। स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको पहल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलासिस मेसिन आइपुगेको अस्पतालले जनाएको छ।

नयाँ डाइलासिस मेसिन सेटअप गरेर थप सेवा प्रतिष्ठानले दिने अस्पतालका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए। अहिले २ सिफ्टमा चलाइएको डाइलासिस मेसिनबाट २४ जना मृगौला पीडित विरामीले सेवा पाइरहेका छन्।

त्यस्तै स्वास्थ्य मन्त्रालयले हाडजोर्नी शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा एउटा मेसिन पनि प्रतिष्ठानमा आइपुगेको छ। प्रतिष्ठानका डिन डा। सागर पन्थीले यो मेसिन आएपछि हाडजोर्नी विरामीका लागि उपयोगी र अप्रेशन गर्दा हड्डी जोडिएको बारेमा अप्रेशन कक्षमा एक्सरे गरेर हेर्न मिल्ने बताए।

यस्तै राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा नयाँ डाइलासिस मेसिन आइपुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा डाइलासिस मेसिन र ५ वटा पेसेन्ट मनिटर पठाएको हो। अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहको समन्वयमा डाइलासिस मेसिन र मनिटर अस्पतालमा आइपुगेको जिन्सी शाखा प्रमुख रेश्मी अधिकारीले बताए।

केही दिनमा नयाँ डाइलासिस मेसिन सेटअप गरेर थप सेवा दिने अस्पतालले तयारी गरेको छ। अहिले अस्पतालमा ५ वटा वटा डाइलासिस मेसिन भए पनि ४ वटाले मात्र काम गरेका छन्। एउटा बिग्रिएर अस्पतालमै थन्किएको छ।

४ वटा डाइलासिस मेसिनबाट अहिले २३ जना मिर्गौलाका विरामीले सेवा लिइरहेका छन्। ७० भन्दा बढी डाइलासिसका लागि लाइनमा रहेका छन्। जिल्लामा घोराही, तुलसीपुर र लमहीबाट यो सेवा प्रदान भइरहेको छ।

सम्बन्धित् समाचार