गृहपृष्ठ Featured यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

आज मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रहेको अवस्था छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार मंगलवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आजै गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका स्थानमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

बुधबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागको  भनाइ छ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ ।

सम्बन्धित् समाचार