सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं.५ ले वडा कार्यालयमा वृक्षरोपण गरेको छ । विहिबार वडाले ‘सुन्दर वडा हराभरा वडा’ कार्यक्रम अन्तर्गत वडा कार्यालयमा वृक्षरोपण गरेको हो ।

मानव जातीका लागी अत्यावश्यक हावा स्वच्छ हुनु पर्ने भएकाले आफुहरु ‘सुन्दर वडा हराभरा वडा’ अभियानमा लागेको वडाध्यक्ष रोमबहादुर थापाले बताए । वातावरण प्रदुषणबाट विभिन्न किसिमका खतरानाक रोगहरु लाग्ने भएकाले वडाराई हराभरा बनाउन आवश्यक रहेको बताए ।
वडावासीको स्वास्थ्य स्तरलाई माथि उठाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष थापाले विश्वास व्यक्त गरे । उनले स्वास्थ्य नै मानिसको धन भएकाले यसको संरक्षण गर्न सबैले आवश्यक कदम चाल्न आवश्यक रहेको बताए ।
यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउन वृहत कार्यक्रमको आयोजना गर्ने योजना रहेको वडाध्यक्ष थापाले जानकारी दिए ।








