गृहपृष्ठ Featured नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु

नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु

नेपालगन्ज : नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १७, ढोडेगाउँ निवासी ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शनिबार बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो ।

त्यसपछि उनलाई बचाउन गएका परसुरामलाई पनि करेन्ट लागेको हो ।

छोरा र नातिलाई बचाउन जाँदा ८५ वर्षीय हजुरआमा रामराजी कलवार घाइते भएकी छिन् ।

 

 

सम्बन्धित् समाचार