काठमाडौं : नेपालमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ र तीन हजार २६२ एन्टिजेन परिक्षणमा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ४५६ संक्रमित निको भएका छन् । नेपालमा हाल चार हजार २९६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।








