गृहपृष्ठ Featured भैरहवा अवतरण गर्दै हिमालय एयरलाइन्सको जहाज

भैरहवा अवतरण गर्दै हिमालय एयरलाइन्सको जहाज

पाइलटहरुको ‘ट्रेनिङ फ्लाइट’का रुपमा हिमालय एयरलाइन्सको जहाज बिहीबार पहिलो पटक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

त्रिभुवन विमानस्थलको बिहीबारको तालिकाअनुसार अपरान्ह ४ बजे भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गर्नेछ ।

भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा अवतरण गरी काठमाडौं फर्कने छ ।

भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा जान लागेको हो ।

हिमालय निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हो । यो विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्छ ।

 

सम्बन्धित् समाचार